Government of Gandaki Province

Ministry Of Land Management, Agriculture & Co-operative

Directorate of Livestock and Fisheries Development

Veterinary Hospital and Livestock Service Expert Center

Nawalparasi (Bardaghat Susta East)

Introduction

वि.स. २०६२/६३ को जन आन्दोलनले संबैधानिक राजतन्त्रलाई विस्थापित गरी मुलुक लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा रूपान्तरण भएको संविधान सभाबाट निर्मित संविधानले कानुनी रूपमा मुलुकलाई सङ्घीय संरचनामा लगेकोले सात वटा प्रदेशहरू कायम रहन गएको सन्दर्भमा प्रत्येक प्रदेशमा सातै वटा मन्त्रालयहरू कायम रहने व्यवस्था अनुसार भूमि व्यवस्था,कृषी तथा सहकारी मन्त्रालय , गण्डकी प्रदेशको स्थापना मिति २०७४/१०/२२ गते भएको हो । हाल यस मन्त्रालयको नाम कृषि तथा भूमि व्यवस्था मन्त्रालय रहेको छ।

प्रदेशको आर्थिक, सामाजिक तथा कृषि क्षेत्रको विकासमा सहकारी क्षेत्रलाई परिचालन गरी भूमिको  प्रकृतिको आधारमा उपयोग गरी गर्ने नीति लिई कृषि एवं पशुपन्छीजन्य उत्पादन एवं व्यापारमा यान्त्रिकीकरण, व्यावसयिकीकरण, बजारीकरण र आधुनिकीकरणका माध्यमबाट प्रतिस्पर्धात्मक अवस्थाको सृजना गरी यस क्षेत्रको रुपान्तरण गर्दै रोजगारीको अवसर सृजना गर्ने लक्ष्यका साथ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको स्थापना भएको हो ।

संविधानको अनुसूचीमा व्यवस्था भएका सघं र प्रदेशको साझा अधिकार¸ सघं¸ प्रदेश र स्थानीय तहको साझा अधिकार र प्रदेशको एकल अधिकार क्षेत्रका कृषि, पशुपन्छी तथा सहकारी संग सम्बन्धित विषयमा नीति निर्माण गर्ने केन्द्र सरकार र स्थानिय तह बिच समन्वय र सहकार्य गर्दै प्रदेश सम्बृद्धिका लागि व्यवसायीकिकरण र आधुनिकिकरण मा जोड दिने कृषि क्षेत्रको विकास र विस्तार गरी नयाँ रोजगारीको अवसर सृजना गर्ने¸ कृषि तथा पशुपन्छीको दिगो व्यवस्थापन गरि आत्मनिर्भर कृषिमा जोड दिनु  आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धन गर्नु समेत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको कार्यक्षेत्र भित्र पर्दछन ।

 कृषि तथा भूमि व्यवस्था मन्त्रालय अन्तर्गत पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय छ ।  निर्देशनालयको स्थापना पश्चात पशु उपचार तथा पशु सेवा र प्रसार कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्नका लागि यस प्रदेशमा  ११ वटा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरु, १ वटा पशु सेवा तालिम केन्द्र र १ वटा मत्स्य विकास केन्द्र स्थापना भई कार्यक्रमहरु नियमित रुपमा सुचारु भएको अवस्था छ।  निर्देशनालय अन्तर्गत रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपरासी (ब.सु.पूर्व) को औपचारिक उद्घाटन  माननीय कृषि मन्त्रीज्यू श्री लेख बहादुर थापा मगरबाट २०७७ साल पौष ९ गते भएको थियो । हाललाई यस केन्द्रको कार्यक्षेत्र नवलपरासी (ब.सु.पूर्व) जिल्ला रहेको छ ।