गण्डकी प्रदेश सरकार

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र

नवलपरासी (वर्दघाट सुस्ता पूर्व)

कार्य विवरण

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपारसी (ब.सु.पूर्व)ले मुख्य रुपमा संपादन गर्ने कार्यहरु।
 
  • जिल्लाको पशुपन्क्षी तथा मत्स्यको तथ्याङ्क तथा डिजिज प्रोफाइल तयार गरी सम्बन्धित निकायमा रिपोर्टिङ तथा अध्यावधिक गर्ने।

  • सङ्घिय तथा प्रादेशिक पशु पन्छी मत्स्य लगायतका कार्यक्रम तथा आयोजनाहरु संचालन गर्ने ।

  • भेटेरिनरी औषधी पसल, मासु पसल, वधशाला, वधस्थल, दुधसंकलन/प्रसोधन केन्द्र तथा जैविक पदार्थ र दानाको गुणस्तर नियमन गर्ने ।

  • स्थानिय तहमा कार्यरत कृषि प्राविधिक तथा व्यवसायिक कृषक उधमी,फर्म संचालकहरुलाई तालिम तथा क्षमता अभिबृद्धि गराउने ।

  • पशुपन्छी तथा मत्स्य पकेट कार्यक्रम संचालन गर्न प्राविधिक सेवा उपलब्ध गराउने ।

  • पशुपन्छी तथा मत्स्य उत्पादनलाई व्यवसायीकरण,यान्त्रीकरण तथा बजारीकरणमा प्रोत्साहान तथा सहजीकरण     गर्ने ।

  • पशुपन्छी रोग निदानका लागी प्रयोगशाला(प्याथोलोजिकल,पारासाइटोलोजीकल,माइक्रोबायोलोजीकल तथा बायोकेमेष्ट्री) र सर्जीकल सेवा प्रदान गर्ने ।

  • पशु पन्छी नश्ल सुधार तथा स्थानिय पशु पन्छी स्वस्थान संरक्षण (Animal Genetic Resources-InSitu Conservation) कार्यक्रम संचालन गर्ने ।

  • पशु पन्छी तथा माछाको स्वास्थ्य परिक्षण तथा उपचार गर्ने र आवश्यक परेको खण्डमा घुम्ती शिविर संचालन गर्ने । 

  • जुनोटिक एवं महामारी रोगको रोकथाम नियन्त्रण एवं प्रकोप व्यवस्थापन गर्ने ।

  • पशु प्रजनन संग  सम्बन्धित समस्याहरुको निराकरण गर्न विशेष कार्यक्रमहरु संचालन गर्ने ।

  • पशुपन्छी बिमा सम्बन्धि योजना कार्यान्वयन गर्ने ।

  • कार्यक्षेत्रमा देखा परेका चुनौतीहरुलाई सम्बोधन गर्ने ।

  • किसानहरुलाई सुलभ ऋणको आपुर्तिका लागी वित्तिय संस्थाहरुसंग समन्वय गर्ने।

  • पशु उत्पादन सामागीको उचित व्यवस्थापनको लागी सहयोग गर्ने ।

  • सम्वन्धित प्राविधिकहरुको क्षमता अभिबृद्धि गर्न आवश्यक कार्यक्रम गर्ने ।